थर सूची नसच्याए चरणबद्ध आन्दोलन गर्ने आदिवासी जनजाति महासंघको चेतावनी


Blog Details
  • 2026-11-26

काठमाडौं, १० मंसिर । आदिवासी जनजातिको ऐतिहासिक पहिचान र थरलाई अन्य समुदायको सूचीमा समावेश गरिएको भन्दै नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले आपत्ति जनाएको छ । महासंघले सम्बन्धित थरहरू हटाएर राजपत्रमा प्रकाशित सूची सच्याउन माग गर्ने निर्णय गर्दै माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ ।

बिहीबार महासंघमा विभिन्न जातीय संस्थाका प्रतिनिधिहरूको बैठकले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल राजपत्रको भाग ५, खण्ड ७६, संख्या २६ मा २०८३ मङ्सिर ६ गते प्रकाशित गरेको दलित समुदायको परिभाषा तथा थर सूचीकरणसम्बन्धी विवरणमाथि गम्भीर सरोकार व्यक्त गरेको हो ।

बैठकले आदिवासी जनजातिका थर तथा जातीय पहिचान ऐतिहासिक उत्पत्ति, वंश परम्परा, भाषा, संस्कृति र सामुदायिक अस्तित्वसँग अभिन्न रूपमा जोडिएको विषय भएको निष्कर्ष निकालेको छ । सम्बन्धित समुदायको ऐतिहासिकता, आधिकारिक अभिलेख तथा संस्थागत परामर्शबिना ती थरलाई अन्य समुदायको सूचीमा समावेश गर्नु उचित नहुने महासंघको ठहर छ । थप पढ्नुहोस्...