समावेशी र न्यायपूर्ण नेपाल


Blog Details
  • 2026-08-09

संयुक्त राष्ट्रसङ्घले सन् १९८४ मा ‘वर्किङ ग्रुप अन इन्डिजिनस पपुलेसन’ को पहिलो बैठक बसेको दिनलाई स्मरण गर्दै सन् १९९४ देखि विश्व आदिवासी दिवस मनाउन थालेको हो । नेपालमा पनि नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले विगतका वर्षमा जस्तै विभिन्न कार्यक्रमसाथ यो दिवस मनाउँदै आएको छ । यस वर्ष संयुक्त राष्ट्रसङ्घले ‘हाम्रा आदिवासी प्रसूतिकर्मीको सम्मान : जीवन र स्वास्थ्यको संरक्षण’ भन्ने मूल नारा तय गरेको छ । अहिलेको अवस्था भनेको आदिवासी जनजातिको आन्दोलनबाट प्राप्त र संविधानमा लिपिबद्ध भएका अधिकार कार्यान्वयन र त्यसको रक्षा गर्ने समय हो । पछिल्लो समय प्राप्त अधिकार र संविधानकै रक्षा गर्नुपर्ने आवश्यकता महसुस गरी महासङ्घले नेपालका लागि ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता : पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता’ भन्ने राष्ट्रिय नारा तय गरेको छ । थप पढ्नुहोस्