उपराष्ट्रपति रामसहायप्रसाद यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्दै अघि बढ्न सके मुलुकले हरेक क्षेत्रमा सकारात्मक फड्को मार्न सक्ने बताएका छन् । ३२औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन् ।
उनले संविधानले आदिवासी जनजातिसहित सम्पूर्ण उपेक्षित, उत्पीडित तथा सीमान्तकृत समुदायका अधिकार सुनिश्चित गरेकाले त्यसको व्यवहारिक कार्यान्वयन अहिलेको आवश्यकता रहेको बताए । ‘संविधानले आदिवासी जनजातिलगायत सम्पूर्ण उपेक्षित, उत्पीडित र सीमान्तकृत समुदायका अधिकारलाई सुनिश्चित गरेकोले यसको व्यवहारिक कार्यान्वयन आजको आवश्यकता हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्दै अघि बढ्न सके मुलुकले हरेक क्षेत्रमा सकारात्मक फड्को मार्न सक्छ,’ उनले भने ।
समावेशिता केवल नारामा सीमित नभई राज्यका नीति, योजना, स्रोत र साधनमा समान पहुँचका रूपमा देखिनुपर्नेमा उनले जोड दिए । यसका लागि सबैको ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ छ । थप हेर्नुहोस्