काठमाडौँ फागुन २१ गते। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)का वरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती भुजेलले मुक्कुम्लुङ (पाथीभरां) क्षेत्रमा नो केबलकार आन्दोलनका क्रममा पक्राउ परेका आन्दोलनकारीहरूको तत्काल रिहाइको माग गर्नु भएको छ।
बुधबार (आज) काठमाडौँको माइतीघरमा गरिएको मुक्कुम्लुङ रक्षार्थ वृहत् जनप्रदर्शनमा बोल्नुहुँदै रिष्ठ उपाध्यक्ष घर्तीले उक्त आन्दोलनका क्रममा घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्न समेत आग्रह गर्नुभयो । मुक्कुम्लुङमा केबलकार खारेजी विरुद्धको आन्दोलनमा होमिने क्रममा घाइते भएका व्यक्तिहरूको सरकारले उपचार गर्नुपर्छ । आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई निःशर्त रिहा गर्न माग गर्दछौँ, उहाले भन्नुभयो , त्यहाँ केबलकार बन्नु हुँदैन भन्ने आन्दोलनमा लागिरहेका व्यक्तिहरूलाई नेफिनको तर्फबाट सम्मान व्यक्त गर्दछु । मुक्कुम्लुङमा केबलकार बनाउनु भनेको त्यहाँको सांस्कृतिक आस्था र सांस्कृतिक धरोहरमाथिको अतिक्रमण हो ।
मुक्कुम्लुङमा केबलकार आवश्यक नभएको भन्दै उनले कुनै व्यवसायीको स्वार्थका निम्ति सांस्कृतिक धरोहरमाथि प्रहार गर्न नमिल्ने समेत बताउनु भयो । कसैले पाथीभराका नाममा । कसैले मुक्कुम्लुङका नाममा त । कसैले मुन्धुमिस्थलका नाममा जसरी त्यसलाई सम्मान गर्नुभएको छ । त्यो सम्मानित स्थललाई केबल व्यवसायीकरण गर्नका निम्ति एउटा व्यवसायीको स्वार्थ पुरा गर्न केबलकार बनाउने दुस्साहस गरिएको छ त्यो खारेज हुनुपर्छ, उहाले भन्नुभयो ।