आदिवासी अपाङ्गता महिलाको सम्मेलन सुरु


Blog Details
  • 2024-03-09

काठमाडौं, फागुन २६  गते। आदिवासी जनजाति अपाङ्गता महिलाको तीन दिने सम्मेलन शनिबारदेखि सुरु भएको छ।

आदिवासी जनजाति अपाङ्ग महिला सङ्घको आयोजनामा राजधानीमा सुरु भएको सम्मेलनमा नौ देशका आदिवासी अपाङ्ग महिलाको सहभागिता छ।

सम्मेलनमा बङ्गलादेश, पाकिस्तान, म्यानमार, कम्बोडिया, इन्डोनेसिया, म्यानमार, मलेसिया, भारत र नेपाल लगायतका देशका महिला सहभागीता रहेको छ।

आदिवासी जनजाति महासङ्घका महासचिव दिवस राईले अपाङ्गता भएका महिला दोहोरो मारमा परेको बताउनुभयो।

राज्यले आदिवासी सवाललाई बेवास्ता गर्दै आएको भन्नुहुँदै उहाँले उनीहरूको आवाजलाई सम्बोधन गर्न नसकेको बताउनुभयो।

राईले भन्नुभयो, आदिवासी जनजाति आधुनिक प्रविधिमा एकैचोटि फड्को मार्न सक्दैन । उनीहरुको आफ्नै ज्ञान, सीप र कला छ । सिङ्गो आदिवासी पिडित भएको बेला अपांग महिलाको अवस्था के होला ? दोहोरो मारमा परिरहेको हामीले अनुभूत गर्दछौं ।