फागुन १७ लाई अँध्यारो दिन ( कालो दिन) मनाइदै


Blog Details
  • 2024-02-26

नेपाल आदिवासी जनजाति महासङ्घको समन्वयमा सबै जातीय घटक सन्स्थाहरु र सम्बन्धन सङ्गठनहरु सङ्ग  महासङ्घको कार्यलय भिमसेनगोलामा बैठक बसि १ नं. प्रदेश पुनःनामाङ्कन संयुक्त सङ्घर्ष समितिद्वारा यहि फागुन १७ गते काठमाडौको तिनकुनेमा प्रदेश १ को नाम कोशी प्रदेश पारित गरेको अँध्यारो दिन ( कालो दिन) को रुपमा चित्रण गर्दै बिरोध प्रदर्शन सहित बिरोधसभा गर्ने निर्णय गरेको छ।
 
फागुन १७ गते प्रदेश १ को १४ वटै जिल्लामा बिरोधसभा हुनेछन र काठमाडौ उपत्यकामा रहेका सबै आदिवासी जनजाति सङ्घ सस्थाहरु र संयुक्त सङ्घर्ष समितिका घटक सङ्गठनहरुले कालो झण्डा र ब्यानर लिएर तिनकुनेमा बिरोध सभा गर्नेछ । फागुन १७ गते बिहिबार मध्यान्ह १२ बजे उक्त बिरोध सभामा सहाभागिता जनाइ दिनहुन  हार्दिक अनुरोध गर्दछौंँ ।