संविधानविपरीतका गतिविधि रोक्न आदिवासी जनजातिको माग


Blog Details
  • 2023-11-21

संविधानविपरीतका गतिविधि रोक्न आदिवासी जनजातिको माग

काठमाडौं, मंसिर ५ गते । आदिवासी जनजाति महासङ्घले चरणबद्धरुपमा प्रदेश स्तरीय पहिचान सभाको कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ । महासङ्घसहित राष्ट्रिय आदिवासी जनजाति महासङ्घ, नेपाल आदिवासी जनजाति अपाङ्ग सङ्घ लगायतका विभिन्न सङ्घ–संस्थाको आयोजनामा मंगलबार दिउँसो काठमाडौंमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत सो जानकारी गराइएको हो । 

महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले २०६२–६३ को जनआन्दोलन, माओवादी जनयुद्ध, मधेश विद्रोह, आदिवासी जनजाति आन्दोलनलगायत विभिन्न बलिदानबाट देशमा वर्तमानमा उपलब्धिहरु प्राप्त भएको बताउनुभयो । प्राप्त उपलब्धीको रक्षा गर्दै थप उपलब्धीका लागि महासंघ संघर्षमा रहेको उहाँको भनाइ छ ।  

पूर्व राजदूत डा. गणेश योञ्जनले २०७२ मा जारी नेपालको संविधानलाई संशोधन गरेर आदिवासी जनजाति आन्दोलनका मुद्दाको सुनिश्चितता गर्नुपर्ने भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “हामीले संविधान संशोधन गरेर अगाडि जानुपर्छ भन्ने मान्यता हो । आदिवासीको आन्दोलन शिथिल अवस्थामा रहेको सन्दर्भमा प्रदेश १ मा निरन्तर अगाडि बढाइरहेको सन्दर्भमा विभिन्न किसिमका गतिविधि विभाग गठन गर्दै योजना अगाडि बढाउनुपर्छ ।”

महासङ्घले भ्रष्टाचार, अराजकता, बेथितीको अन्त्य हुनुपर्ने, पछिल्लो अवस्थाको सन्दर्भमा धर्मनिरपेक्षता, सङ्घीयता, गणतन्त्र, लोकतन्त्र र पहिचान रक्षाको पक्षमा चरणबद्धरुपमा विभिन्न गतिविधि गर्ने बताएको छ ।