नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदहरुको राष्टि्य भेला PDF Print E-mail
Tuesday, 06 July 2010 00:00

मिति २०६७ असार २२ गते जारी गरिएको प्रेस विज्ञप्ती 

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदहरुको  ३ दिने राष्टि्य भेला सौरहा, चितवनमा २०६७ असार २३ देखि २५ गते सम्म संञ्चालन हुदैछ । प्रत्येक जिल्ला समन्वय परिषदका अध्यक्ष, महासचिव र एक महलिा प्रतिनिधि, आदिवासी सभासद सभा (ककस) का माननीय सभासदहरु, आदिवासी जनजातिका वुद्धिजीविहरु, विभिन्न कार्यपत्र प्रस्तोताहरु र महासंघका सघीय परिषद सचिवालयका पदधिकारीहरु समेत करिव २०० जना उक्त भेलमा सहभागी हुनेछन् । देशको वर्तमान परिस्थितिको  विश्लेषण, दलहरु वीचको विवादले ओझेलमा परेाको संविधानलाई आदिवासी जनजातिका अधिकाहरु सुनिश्चित गरेर थपिएको १ वर्षे अवधि अगावै जारी गराउनका लागि आवश्यक रणनीतिहरुका तयार गर्नका साथै 

१) महासंघले हालसम्म संम्पन्न गरेका कार्यक्रमहरुको समिक्षा साथै प्रस्तावित भावि कार्ययोजनाबारे छलफल गर्ने, 

२) सविधानसभाका विभिन्न समितिद्धार प्रस्तुत संविधानको मस्यौदाबारे आदिवासी सभासद सभा (ककस) को अवधारणबारे अर्न्तक्रिया गर्ने, 

३) विश्व आदिवासी दिवस २०६७  आदिवासी जनजातिका अधिकारमूखी कार्यक्रमहरु सहित काठमाडौ उपत्याका लगायत प्रत्येक जिल्लामा मनाउन प्रस्तावित कार्यक्रमहरुबारे छलफल तथा अनुमोदन गर्ने, 

४) आदिवासी जनजाति जीवनसंग प्रत्यक्ष र महत्वपूर्ण सम्बन्ध भएका जलवायु पविर्तन र वन क्षेत्रको फडानी तथा वन विनासका कारण हुने कार्बन उर्त्सजनको कटौती (रेड),  नेपाल सरकारले अनुमोदन गरि सकेका अन्तर्राष्टि्य श्रम अधिसन्धी १६९ र संयुक्त राष्ट्संघको आदिवासी जनजातिको मानव अधिकार सम्बन्धि घोषण पत्र सम्बन्धि प्रशिक्षण र छलफल गर्न अन्तर्राष्टि्य श्रम अधिसन्धी १६९ लाई तत्काल कार्यन्वयन गराउनेबारे समते छलफल गर्ने र 

५)  आम संञ्चार माध्यमा आदिवासी जनजातिको पहुच बढाउने उपायहरुबारे छलफल गर्ने भेलाका उदेश्यहरु हुन ।    

आङ काजी शेर्पा किसान
महासचिव 
सम्पर्क फोन ९८५१० ४८१८४

विस्तृत कार्यक्रमको लािग क्लिक गर्नुहोस