| नेपाल आदिवासी जनजाति महासंघा र नेपाल तामाङ घोदुङको संयुक्त प्रतिनिधी मण्डलले माननीय गृह मन्त्री श्री भिम रावल ज्यू समक्ष बुझाएको ज्ञापन पत्र |
|
|
|
|
मिति ः २०६६।०७।०९ गते माननीय गृह मन्त्री श्री भीम रावल ज्यू नेपाल सरकार गृह मन्त्रालय िसंहदरवार काठमाण्डौ । बिषय ः क्षतिपुर्ति तथा दोषीलाई कारवाही सम्बन्धमा । महोदय उपरोक्त सम्बन्धमा मिति २०६६।०५।२९ गतेका दिन सुनसरी जिल्ल्ााको क्षेत्रिय कारागार झुम्का कारगर भित्र भएको कैदी हत्याकाण्डको घटना प्रति नेपाल आदिवासी जनजाति महासंघ र नेपाल तामााङ घेदुङ लगायत हामी आदिवासी जनजातिहरुको गम्भिर ध्यानाकर्षण भएको ब्यहोरा माननीय मन्त्री ज्यूलाई अनुरोध गर्दछौ । कर्तव्य ज्यान मुद्धाका कैदीको रुपमा गत चार बर्ष देखी झापा जिल्लाको कारागारमा बन्दी जीवन बिताई रहेका मोरङ जिल्ला टाँडी गा.बि.स. वडा नं. ४ बस्ने श्रीकेन्द्र कुमार तामाङको छोरा बर्ष २४ को अर्जुन बहादुर तामाङ मिति २०६६।०५।२१ गते झापा कारागारबाट सुनसरी जिल्लाको झुम्का कारगारमा सरुवा गरी ल्याएको र लगत्तै त्यसको भोली पल्ट मिति २०६६।०५।२२ गते कारागारको आन्तरिक प्रशासनका कामदार सिटी कमाण्डर वडा नाईके र नाईके लगायतकाहरुले निज कैदी अर्जुन बहादुर तामाङलाई निर्घात कुटपीट गरी हत्या गरिएको थियो । अस्पतालकॊ पोष्ट मार्टम प्रतिवेदन र सुनसरी जिल्ल्ााको सहायक प्रमुख जिल्ल्ाा अधिकारी श्री हरीहर दाहालको संयोजकत्वमा गठीत सात सदस्यीय छनबिन समितिको प्रतिवेदन समेतले पनि निज अर्जुन बहादुर तामाङ कारगार भित्र भएको कुटपिटको कारण नै मृत्यू भएको भन्ाी प्रतिवेदन पेश गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले गठन गरेको उक्त छानविन समितिले पाँच वटा दफा सहितको पाँच पानाको प्रतिवेदन तयार पारी जिल्ला प्रशासन कार्यालयमा बुझाई सकेको छ । उक्त प्रतिवेदनको दफा २ मा उल्लेख भएको उप दफा क देखि थ सम्मको सत्र वटा बुँदामा उल्लेख भएको ब्यहोरामा निज कैदी हालको मृतक कैदी अर्जुन बहादुर तामाङ कारगार भित्र कुटपिट गरी हत्या गरिएको र त्यो कुटपिट नियतवस योजनाबद्ध ढंगबाट गरिएको भन्ने उल्लेख रहेको छ । सोही प्रतिवेदनको दफा ५ मा उल्लेखित उपदफा क देखी घ सम्मको चारवटा बुँदामा उल्लेखित राय तथा सुझावमा पनि कुटपिट गर्ने ब्यक्तिहरु उपचारमा संलग्न हे।अ। कारागारका सुरक्षा प्रमुख र जेलर समेतको नामै किटान गरी कानुनी कारवाही गर्नु पर्ने र पिडितको परिवारलाई उचित क्षतिपुर्ति सरकारले उपलब्ध गराउनु पर्ने ब्यहोरा समेत प्रतिवेदनमा उल्लेख रहेको छ । माननीय गृहमन्त्री ज्यू । कानुनी राज्य रहेको मुलुकमा यस्तो जघन्य अपराध गरेको एक महिना भन्दा पनि बढी समय भई सक्दा पनि हाल सम्म सरकारको तर्फबाट दोषी माथी कारवाही गरेको पनि छैन र पिडितको परिवारलाई बोलाएर क्षतिपुर्ति दिने ब्यवस्था गरेको पनि छैन । सरकारको यो ब्यावहारले हामी नागरिकहरुलाई स्तब्ध तुल्याएको छ । कारागार भित्र भएको यो हत्याकाण्ड अनि घटना प्रति सरकारले गरेको यो अपहेलना र लपारवहीको बिरोधमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुनसरीको संयोजकत्वमा संघर्ष समिति गठन गरी झापा मोरङ र सुनसरी जिल्लामा एक दिने बन्दको आव्हान समेत गरेको थियो । सरकारको स्थानिय प्रशासनले पिडीत परिवार संग बसी छलफल गरेर समस्या समाधान गर्नु त कता हो कता आन्दोलन कर्मीहरु माथी प्रहरी लगाई कुटपिट गरी दिन भरी थुनेर राख्ने काम गरेको थियो । अत यो बिषयमा माननीय गृहमन्त्री ज्युले अति गम्भिरताका साथ तुरुन्त दोषीलाई कडा कारवाही गर्ने र पिडितको परिवारलाई उचित क्षति पुर्ति नेपाल सरकारको तर्फबाट उपलब्ध गर्ने काम अविलम्ब गरीयोस भनि नेपाल आदिवासी जनजाति महासंघ र नेपाल तामाङ घेदुङको संयुक्त प्रतिनिधी मण्डलले जोडदार माग गर्दै हाम्रो यो ज्ञापन पत्र पेश गरेका छौ । माननीय मन्त्रीज्युको जानकारीको लागि स्थानिय प्रशासन द्धारा गठीत छनविन समितिले तयार पारेको पाँच पानाको प्रतिवेदनको प्रतिलिपी समेत यसै ज्ञापन पत्र साथमा संलग्न गरी पेस गरीएको ब्यहोरा समेत अनुरोध गर्दछु । पासाङ सेर्पा धन प्रसाद तामाङ अध्यक्ष अध्यक्ष नेपाल आदिवासी जनजाति महासंघ नेपाल तामाङ घेदुङ
|


