प्रेस विज्ञाप्ति (०६५।११।२३) PDF Print E-mail

मिति ०६५।११।२३

प्रेस विज्ञाप्ति

नेपाल सरकारवाट सुचिकृत भई सकेका तराईका विभिन्न आदिवासी जनजातिहरुको अस्तित्व र पहिचानलाई समाप्त पार्ने उदेश्यले सरकारले गरेको निर्णय विरुद्ध तराईमा जारी आन्दोलन दवाउने नियतले सरकार आन्दोकारीहरुको हत्यामा उत्रेकोमा नेपाल आदिवासी जनजाति महासंघ घोर  आपत्ति प्रकट गर्दछ।

आन्दोलनको क्रममा सुरक्षा निकायवाट हत्या गरिएका चितवन सौराहा सिसुवारका कमल चौधरीको परिवारलाई अविलम्व क्षतिपुर्ति दिलाई स्व. कमल चौधरीलाई शहीद घोषणा गर्न नेपाल आदिवासी जनजाति महासंघ जोडदर माग गर्दछ। साथै आन्दोलनको क्रममा घाईते भएकाहरुको सरकारले उचित उपचारको व्यवस्था गरियोस।

तराईमा जारी आदिवासी जनजातिहरुको आन्दोलनमा नेपाल आदिवासी जनजाति महासंघ पुर्ण समर्थन एवं ऐक्यबद्दता जाहेर गर्दछ। अन्दोलनरत तराईका सम्पुर्ण आदिवासी जनजातिहरुलाई सरकारले तत्काल वार्तामा वोलाई समस्याको समाधन गरियोस।  अन्यथा नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा देशव्यापीरुपमा  सशक्त अन्दोलन गर्न वाध्य हुने यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौ।

निमा लामा हयोल्मो
सचिव