नेपाल आदिवासी जनजाति महासंघको महाधिवेसन चैत्र महिनामा हुने । PDF Print E-mail
Sunday, 21 February 2010 09:45
नेपाल आदिवासी जनजाति महासंघ संघिय परिषद सचिवालयको बैठक यहि २०६६।१०।११ बसी महासंघको स्थगीत भएको महाधिवेसनको मिति पुनः निर्धारण गरेको छ । बैठकले २०६६।१२।२१,२२ र २३ गते नेपाल आदिवासी जनजाति महासंघको महाधिवेसन सम्पन्न गर्ने निर्णय गरेको छ ।

सचिवालयको बैठकमा छलफल हुने क्रममा महाधिवेसनबाट आगामी नेतृत्व चयन गर्ने क्रममा सहमतीबाट नै आगामी नेतृत्व चयन गर्नको लागि महासंघ सचिवलयको तर्फबाट पहल गर्नु पर्ने कुरामा जोड रहेको थियो । लोकतान्त्रीक पद्धतीको मन्यता उचित रहदा रहदै पनि अहिलेको बिशिष्ट अवस्थामा आदिवासी जनजातिहरुको एकता अझ बलियो बनाउनु पर्ने आवस्यकता रहेकोले महाधिवेसन सहमतिबाट सम्पन्न गर्नु पर्ने आवस्यकता अझ बढी रहेको निश्कर्ष बैठकले निकालेको छ ।