विश्व आदिवासी दिवस २०६६, अगष्ट ९ २००९, PDF Print E-mail
Tuesday, 11 August 2009 17:12
विश्वको आदिवासीहरुले यस बर्षको आदिवासी दिवस, अगष्ट ९, २००९ विभिन्न मुलुकमा धुमधामका साथ मनाए झै नेपालका विभिन्न आदिवासीहरुले पनि नेपालमा यस बर्षको आदिवासी दिवस २०६६ खवरदारी आन्दोलनको रुपमा मनाएको छ। जातिया स्वशासन, स्वयत्तता र आत्मनिर्णयको अधिकार। संघीय लोकतान्त्रिक गणतनत्र नेपाल निर्माणको मूल आधार।। मूल नाराका साथ काठमाण्डौको खुलामञ्चमा र उपत्यक बाहिर विभिन्न जिल्लालाई समेटेर दश क्षेत्रिय भेलाको केन्द्रविन्दु बनाएर विभिन्न कार्यक्रमका साथ यस बर्षको आदिवासी दिवस मनाइयो।

काठमाण्डौ उपत्यकमा विभिन्न १५ ठाउँ बाट विभिन्न जातिया संस्था र आदिवासी जनजाति महासंघसँग आवद्ध भात्रृ संगठनको नेत्रृत्वमा  निस्केको जुलुस, झाँकी खुला मञ्चमा गई आमसभामा परिणत भएको थियो। काठमा48डौ वरिपरिका जिल्ल्ाा समन्वय परिषदहरु काभ्रे, दोलखा, धादिङ, नुवाकोटका विभिन्न जातिया संस्थाको झाँकी र र्‍याली केन्द्रीय जनसभा खुलामञ्चमा ठूलो संख्यामा सहभागी भएका थिए। संगठन विभिन्न  आदिवासी जनजाति सभासदहरु (ककस) को जुलूस सिहंदरवार पश्चिम गेटबाट शुरु भएको थियो विभिन्न राजनैतिक दलका आदिवासी जनजाति सभासदहरु २१९ मध्ये २०० जना सभासद जुलुसमा सहभागी भएको थियो। खुल्ला मञ्चको सभालाई नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष तथा विश्व आदिवासी दिवस २००९ मूल आयोजक समितिको तर्फबाट शुभकामना मन्तव्य दिनु भएको थियो। हामी आदिवासी जनजाति सभासदहरुले अव बन्ने संविधानमा संविधानसभाले नयाँ संविधान निर्माण क्रममा आदिवासी अधिकारलाई नसमेटेको उल्लेख गर्दै त्यसलाई सुनिश्चित गर्न सबै लागि पर्नुपर्ने बताए, हामीले खरदारीका लागि पनि यो सभा गरेका हौ, यति गर्दा पनि आदिवासी अधिकार समावेश नभए सघर्षमा उत्रन्छौ। बरु सभासद पद छाड्न तयार छौं। त्यस्तै आदिवासी जनजाति सभासद (ककस)को अध्यक्ष तथा मावोवादीका सभासद बर्षमान पुन अनन्तले हामी आदिवासी २१९ जना सभासद एक भएमा आदिवासी जनजातिको हितमा नै संविधान बन्ने बताउनुभएको थियो। आदिवासी जनजातिहरुको हितमा संविधान बन्न नदिने खेल भईरहेको वर्तमान स्थितिमा हामी जनजाति सभासदहरु एक भई अगाडि बड्नुपर्ने बताउनु भयो। एमाले सभासद पृथ्वी सुब्बा गुरुङ, नेपाली काग्रेसको तर्फबाट ईन्द्र बहादुर गुरुङले विभिन्न राजनितीक दलबाट प्रतिनिध्त्वि गरे पनि पहिला आफू आदिवासी भएको उल्लेख गर्दै आदिवासी अधिकारलाई संविधानसभामा सुनिश्चित गर्ने भन्नु भएको थियो। नेपाल आदिवासी जनजाति महिला महासंघको तर्फबाट महासचिव सोमा राईले बोल्नु भएको थियो नेपालका सम्पूर्ण जातिया संस्थाको तर्फबाट नेवा देयः दवुका अध्यक्ष नरेश ताम्रकारले राजनैतिक दललाई खवरदारी गनुभयो। यदि यी राजनैतिक दलले आदिवासी जनजातिहरुको विरुद्धमा संविधान लेखे त्यस संविधानलाई संविधानसभाबाट बाहिर ल्याउन नदिई संविधानसभा अगाडि बानेश्वरमा नै त्यस संविधानलाई जलाउने घोषणा गनुभयो। आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष नविन लिम्बूले अब बन्ने संविधानमा आदिवासी जनजातिहरुको हक हित र अधिकारलाई  सम्बोधन नगरी संविधान बन्न लागेमा सम्पूर्ण आदिवासी जनजाति विद्यार्थीलाई सडकमा ल्याउने जानकारी गराउनुभयो। विभिन्न राजनैतिक दलका आदिवासी जनजाति संगठनका नेताहरुले पनि बोल्नुभएको थियो। नेपाल आदिवासी जनाजति महासंघका महासचिव राम बहादुर थापामगरले बोल्नुभएको थियो। महासंघका प्रमुख सल्लाहकार डा. ओम गुरुङले फेरि पनि राज्यबाट बहिस्करण, उत्पीडनमा नपर्ने सुनिश्चित नभएसम्म आन्दोलन जारी रहन्छ  भन्नुभएको थियो। 

मेची अञ्चलका आदिवासी जनजातिले  झापाको बिर्तामोडमा आदिवासी जनजाति दिवस विभिन्न र्‍याली झँाकीका साथ मनाए समारोहमा वक्तहरुले आदिवासी जनजातिको अधिकार नयाँ संविधानमा सुनिश्चित नगरी ठूलो विद्रोह हुने बताए। मेची अञ्चलका  चार वाटै जिल्लाका आदिवासी जनजातिहरुको सहभागिता रहेको जिल्ला समन्वय परिषद झापाका अध्यक्ष प्रेम घिसिङले वताउनु भयो। इटहरीमा पनि आदिवासी दिवस बृहत जुलुस र भेला आयोजना गरी सम्पन्न भएको छ। पूर्वाञ्चलका सुनसरी, मोरङ, धनकुटा, तेह्थुम, भोजपुर र संखुवासभाका आदिवासी जनजाति संगठनले संयुक्त रुपमा विश्व आदिवासी दिवस मनाए। भेलामा करिव ६ जिल्लाका २० हजार आदिवासी जनजातिहरुको सहभागिता रहेको इटहरी नगर समन्व परिषदका अध्यक्षले वताउनुभएको छ। सर्लाहीको लालबन्दी, चितवानको नारायणघाट, रुपन्देहीको बुटवाल, तनुँहको दमौली, बाग्लुङको बाग्लुङ बजार, बाँकेको नेपाल गन्ज र कैलालीको धनघढी/अत्तरिय, विभिन्न जातिया संस्थाको झंाकी, र्‍याली का साथ सम्पन्न भएको छ। यी सबै क्षेत्रिया भेलामा केन्द्रिय प्रतिनिधी, जिल्ला समन्वय परिषदका अध्यक्ष र स्थानीय प्रतिनिधीहरुले आपनो भनाई राख्नुभएको थियो। अरु विभिन्न जिल्लामा पनि नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदहरुले विश्व आदिवासी दिवस भव्यताका साथ खवरदारी आन्दोलनको रुपमा मनाईएको थियो। 

आदिवासी दिवस, अगष्ट ९, २००९  को तस्वीरहरु