Dr. Om Gurung
DocumentsDate added
अन्तराष्ट्रिय श्रम संगठन महासन्धि–१६९ विश्वका स्वतन्त्र देशहरुमा बसोबास गर्ने आदिवासी जनजातिहरुको हक अधिकार संरक्षण तथा संवर्धन गर्ने अन्तराष्ट्रिय मान्यता प्राप्त कानुन हो। यो महासन्धिको मूलभूत उद्देश्य आदिवासी जनजातिहरुलाई प्रभावपार्ने कुनैपनि नीति तथा विकास कार्यक्रमहरुमा उनीहरुको परामर्श र सहभागितालाई सुनिश्चित गर्नु हो। यो महासन्धि विशेष गरेर नेपाल जस्तो वहु–जातीय र वहु–सांस्कृतिक समाजको विविधतालाई संवोधन गर्न र द्धन्द्धग्रस्त समाजको विकासको समावेशी ढाँचा निर्माण गर्न सहायकसिद्ध हुन्छ।
विश्व आदिवासी दिवस-२००८ को अवसरमा आदिवासी जनजाति महासंघ दक्षिण कोरियाद्वारा अगस्त १७, २००८ मा सियोलमा आयोजना गरिएको अन्तरकि्रया कार्यक्रमा प्रस्तुत कार्यपत्र जनजाति आनदोलन संविधानसभाको निर्वाचन र त्यसको परिणाम -डा। ओम गुरुङ, प्रमुख सल्लाहकार ने.आ.ज.म.
